९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

साउन २७,
काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा नाफा २५३.५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको भन्दा ४ अर्ब ३६ करोड रुपैयाँ नाफा बढेको प्राधिकरण स्रोतले बतायो । 

Advertisement

लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफा कमाउन थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुहावट नियन्त्रण, डेडिकेटेड फिडर वक्यौता असुली, आयोजनाहरुबाट विद्युत् उत्पादन बढ्नु र आन्तरिक व्यवस्थापनमा सुधार र निर्धारित समयमा भारतलाई बिजुलीको भुक्तानी गर्दा प्राप्त रिवेटले गर्दा नाफामा बढोत्तरी भएको प्राधिकरण उच्च स्रोतले बतायो । चुहावट घटेर १५.३२ प्रतिशतमा झरेपछि आम्दानी ४ अर्ब रुपैयाँ थपिएको स्रोतको भनाइ छ । यस्तै डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको स्रोतले बतायो ।  स्रोतका अनुसार बैङ्कबाट ब्याज र विविध आम्दानी पनि बढेको छ । यस्तै प्रधिकरणको विद्युतगृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ । गत वर्ष बिजुली उत्पादन, चुहावट घटाएर आम्दानी बढाउनु र नाफा आर्जनका हिसावले प्राधिकरणले ऐतिहासिक रेकर्ड राखेको स्रोतको दाबी छ । 

गत साउनको दोस्रो साता प्राधिकरणको नाफा ६ अर्ब ३८ करोड रुपैयाँ हुने पूर्वानुमान गरिएको थियो । पूर्वानुमान भन्दा ८२ करोड रुपैयाँ नाफा बढेको छ ।  संस्थागत सशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको हो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनको व्यवस्थापकीय कुशलताले मुलुकलाई लोडसेडिङ मुक्त मात्रै गरेन घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएको छ  । यसअघि २७ अर्ब ३२ करोड रुपैयाँ संचित नोक्सानलाई अपलेखन (राइटअप) गरी नाफा र घाटा बराबरीको अवस्थामा पुर्याए पनि नोक्सान बढ्दै गएको थियो । 

घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट नाफामा जान थालेको हो । प्राधिकरणले औसत ८ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।  अघिल्लो वर्ष विद्युत् चुहावट २०.४५ प्रतिशतबाट घटेर १५.३२ प्रतिशतमा झरेको छ । प्राधिकरणले चुहावट घटाउन चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ ।- क्यापिटल नेपाल

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण