ताजा अपडेट »

स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

सोमबार, २७ साउन २०७६, १२ : ३६
34 Shares

साउन २७,
काठमाण्डौं । सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओलीसहितको टोली मध्यान्ह करिब साढे १२ बजे थाई एयरवेजको विमानबाट काठमाडौँ आउन लागेको हो ।

स्वास्थ्य परीक्षण लम्बिएका कारण फर्किने कार्यक्रम आजका लागि सरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सिङ्गापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएको जनाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली यही साउन १८ गते सिङ्गापुर गएका थिए । उनकी पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित ९ जना प्रधानमन्त्री ओलीसँगै फर्कँदै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।