ताजा अपडेट »

मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इद : हर्षोल्लासका साथ देशभर मनाइँदै

सोमबार, २७ साउन २०७६, ०० : ५१
6 Shares


साउन २७,
ग्लोबल आवाज
बुटवल । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदको अवसरमा आज प्रदेश ५ मा सार्वजनिक विदा रहेको छ ।

मुस्लिम समुदायको संख्या धेरै रहेको प्रदेश ५ मा प्रदेश सरकारले गत वैसाखदेखि नै सार्वजनिक विदा दिने निर्णय गरेको हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।