१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । रुपन्देही उद्योग संघले ‘नो मास्क, नो मोभेण्ट’ अभियान अन्तर्गत २० हजार थान सर्जिकल मास्क वितरण गरेको छ । संघले कोरोना भाइरससँग जोगिन अनिवार्य मास्क लगाउन अनुरोध गर्दै बुटवलको अस्पताललाइनमा सचेतना कार्यक्रमको आयोजना गरी मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

वितरण समारोहमा बोल्दै संघका अध्यक्ष बाबुराम बोहोराले हातेमालो गरी कोरोनासँग जुधेर देशको अर्थतन्त्र बचाईराख्न र जनजीवनलाई सुरक्षित बनाउन सचेत हुनुपर्नेमा जोड दिए । उनल कोरोनासँग बच्न मास्क लगाउन अपरिहार्य रहेको बताउँदै मास्क वितरण अभियानलाई पुनः संचालन गरेको बताए । कार्यक्रममा उपस्थित संघका पूर्व अध्यक्ष पि.एल. श्रेष्ठ र तेज कुमार पाठकले पैदल यात्री र सवारी साधनमा मास्क नलगाई यात्रा गरेका सर्वसाधरणलाई मास्क वितरण गरी अभियानको शुरुवात गरेका थिए ।

सो अवसरमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, सल्लाहकार एवं कर्मचारीहरुको उपस्थितिमा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै दुई हजार थान मास्क वितरण गरिएको संघका महासचिव जिवकान्त काफ्लेले जानकारी गराए ।

अभियानकै शिलशिलमा संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गलाई दश हजार थान, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज के.सी.लाई २ हजार थान, प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापालाई २ हजार थान, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई दुई हजार थान र वडा प्रहरी कार्यालय बुटवल रामनगरलाई दुई हजार थान गरीे बीस हजार थान मास्क वितरण गरेको हो । संघले यस अभियानमा सहभागी हुन सबै व्यवसायिक संघसंस्था, सामाजिक संस्थाहरु, उद्योगी, व्यवसायीहरुसँग आग्रह समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ