४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

भैरहवा । भारतबाट आएको मालबाहक ट्रक लुटपाट गरि चालकको हत्या गर्ने गिरोह आफ्नो पहिलो प्रयासमै प्रहरीको फन्दामा परेको छ । भैरहवाका ३ जना युवाहरुले योजनावद्ध तरिकाले चामल लोड गरिएको ट्रक लुटपाट गरि त्यसका चालकको हत्या गरेको रुपन्देही प्रहरीको दावी छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले अनुसन्धानको मामिलामा जटिल मानिने हत्याको रहस्य खोतलेको बताएका छन् । साउनको २० गते रुपन्देही प्रहरीलाई भारतको सुनौलीमा एक भारतीय ट्रक बेवारिसे अवश्थामा रहेको जानकारी आएको थियो । सोही दिन भैरहवाको डण्डा खोलामा एक जना युवकको शव पनि फेला प¥यो ।

भारत महाराजगञ्ज एकसडवा गाउँका तौफिक अहमद पठान नेपालमा चामल लिएर आउने गरेका थिए । रुपन्देहीको पोखरभिण्डीमा ससुराली रहेका तौफिक नेपाल ट्रक लिएर आएको र त्यस पछि हराएको हुदा उनको खोजतलाशको लागी ससुरालीले पहिले नै निवेदन दिएका थिए ।
नेपाल सिमा नजिकै बेवारिसे ट्रक फेला पर्नु र हराएको ब्यक्तिको हुलिया र कपडाको आधारमा प्रहरीलाई उक्त फेला परेको शव तौफिककै रहेको भनेर पहिचान गर्न सहज भयो ।

हत्याको रहस्य पत्ता लगाउन सबै भन्दा जटिल शनाखत नै हुने गर्दछ । भारतीय नागरिक तौफिकको शव भेटिए पछि प्रहरी उनको हत्याको रहस्य पत्ता लगाउन सुरु ग¥यो । तौफिकले हाकेको ट्रकमा भारतीय ब्यपारी नन्द किशोर यादवले नेपाल काठमाण्डौंका ब्यपारी नन्दनलाई करिब ११ लाख भारतीय रुपैयाको चामल पठाएका थिए ।

यता भैरहवामा बसेर फलफुल, तरकारी लगायतको ब्यपार गर्ने अलि भन्ने सद्दाम कुजडाले यो कुरा थाहा पाए । उनले नन्दनलाई उक्त चामल नगद रकममा आफुलाई बेच्न भनेर नन्दनलाई फोन गरे । नगद पाए पछि नन्दन पनि चामल अलिलाई बेच्न तयार भएको प्रहरीको भनाई छ । अलिको योजना भने अरु नै रहेको थियो । रुपन्देही प्रहरी प्रमुख मनोज कुमार केसीले दिएको जानकारी अनुसार नन्दनले ट्रकका चालक तौफिक अहमद पठानलाई चामल अलि भन्ने सद्दामलाई दिन र उनिबाट सो बापतको रकम लिन भने ।

तौफिक भन्सार प्रकृया पुरा गरि नेपाल प्रवेश गरे पछि अलिलाई सम्पर्क गरे । अलि सहित भैरहवाकै समिर भन्ने रिजवान अलि मुसलमान र महेश कहार पनि मिलेर सोही राती तौफिकलाई ईट्टाले कुटेर मारेको प्रहरीको दावी छ । तौफिकलाई मारे पछि यो टोली मध्येका महेश कोहारले उनको ट्रक लिएर भुमहि पुगेको र त्यहाँ ट्रकमा रहेको चामल अन्य २ ट्रकमा पल्टी गरेर चितवन र तनहु चामल पु¥याईएको थियो । पछि अभियुक्त मध्येका एक महेशले नै उक्त भारतीय ट्रक सिमा पारी सुनौली पुर¥याएको प्रहरीको भनाई छ ।

“अली भन्ने सद्दाम कुजडा र चामल ब्यपारी नन्दन बिच फोनमा कुराकानी भए पनि यी दुई बिच देखभेट र चिनजान थिएन ।” एसपी केसीले भने “यसले गर्दा अनुसन्धानमा जटिलता देखियो ।” अली नाम मात्र थाहा पाएको प्रहरीले त्यसपछि २ टोली परिचालन ग¥यो । एउटा टोली चितवनमा ६ दिन बसेर करिब २ सय होटलमा अलीको सुक्ष्म रुपमा खोजी गर्दै थियो । “कसैले थाहा नपाउने भने ढुक्क बसेका अली प्रहरीले खोजी गरेको थाहा पाए फरार हुने सम्भावना थिया । त्यसै कारण गोप्य रुपमै उनको पछि लागेका थियौ ।” केसीले भने । पछि अलीलाई भैरहवाबाट नै पक्राउ गरेर प्रहरीले यो हत्याकाण्डको पर्दाफाश गरेको हो ।

“भारतीय नागरिकको हत्या भएको कारण प्रहरीले यसबारे चासो नदिने उनिहरुको अनुमान थियो । तर हामीले यसलाई जसरी पनि सल्टाउनै पर्छ भनेर लाग्यौ र थोरै ढिलो भए पनि घटना बाहिरियो ।” केसीको भनाई छ । चामल लुटेर त्यसलाई तनहु पु¥याएर शुक्लगण्डकी १० बस्ने २७ बर्षिय सुनिल पौडेलको घरमा राखिएको थियो । भारतबाट आउदा “गोपी” ब्राण्डको रुपमा रहेको चामललाई अर्कै ब्राण्ड बनाएर बिक्रि गर्ने योजना थियो ।

लुटपाट र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल पौडेललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका चारै जनाले कर्तब्य गरि मारेको अनुसन्धानबाट समेत देखिएकोले उनिहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी