ताजा अपडेट »

रुपन्देहीमा जमिन मुनि लुकाइ राखिएका सालका काठ बरामद

मंगलबार, २६ साउन २०७८, ११ : ४२
6 Shares

बुटवल । रुपन्देहीमा जमिन मुनि सालको काठ लुकाइ राखेको अवस्थामा फेला परेको छ ।

जिल्लाको सैनामैना नगरपालिका–११ पिपलडाँडा स्थित फोहोर फ्याक्ने डम्पिङ साईडमा जमिन मुनि सालको काठ लुकाइ राखेको अवस्थामा १३ गोलिया ९४.५३ क्यू फिट सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त काठको मूल्य २ लाख ३५ हजार बराबरको रहेको र आवश्यक कारवाहीको लागि कञ्चन सव– डिभिजन बन कार्यालय फायरलाईन पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।