ताजा अपडेट »

प्रदेश प्रहरी प्रमुखमा डीआईजी: समायोजनमा जानेको २ ग्रेड बढ्ने

आइतबार, २६ साउन २०७६, १६ : २८
6 Shares

साउन २६,
काठमाण्डौं । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ ।  

'विधेयक पारित गरियोस्' भन्ने प्रस्ताव पेश गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिकाे व्यवस्था गरिएको बताए । यस्तै, विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरिएको छ । अहिले समायोजन भएर जाने प्रहरी बढुवा भएर माथि आउन सक्ने तर प्रदेशबाट नियुक्ति हुन थालेपछि भने केही प्रतिशत मात्र पदोन्नति भएर माथि आउन सक्ने छन् ।  

यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लाेगाे भने लगाउन पाउने उल्लेख छ । विधेयकमाथि छलफलमा भाग लिने सांसदहरुले ग्रेड वृद्धिकाे सट्टा शैक्षिक योग्यता र समयावधि पुगेकालाई १ तह वृद्धि गर्ने व्यवस्था राख्न माग गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।