ताजा अपडेट »

मुस्लिम समुदायको ‘बकर इद’को अवसरमा सोमबार बिदा

आइतबार, २६ साउन २०७६, १३ : ५१
14 Shares

साउन २६,
ग्लोबल आवाज
बुटवल । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदको अवसरमा २७ गते सोमबार प्रदेश ५ मा सार्वजनिक विदा रहेको छ । मुस्लिम समुदायको संख्या धेरै रहेको प्रदेश ५ मा प्रदेश सरकारले गत वैसाखदेखि नै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


संघीय सरकारले तोके बाहेक प्रदेश पाँचले बकर इद,माघी र माघे संक्रान्ति दुई दिन, फागुन ३ गते प्रदेश स्थापना दिवस पूजा, वडका अटवारी पर्व, रमजान लगाएत निश्चित समुदायलाई बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते प्रकाशित छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।