१ भाद्र २०७९, बुधबार

Aug 17, 2022


भैरहवा । भारत–नेपाल बिच रोटी बेटीको सम्बन्ध मात्र नभई भारतमा हुने कुनै पनि घटना परिघटनाले नेपालमा महत्वपूर्ण असर पारेको हुन्छ । अझ महामारीको हकमा भन्ने हो भने भारतमा कुनै महामारी आउदा नेपालमा त्यसको असर परेकै हुन्छ । नेपाल र भारत बिचको खुल्ला एवम अव्यवस्थित नाकाका कारण भारतबाट हुने आवागमनको कारण नेपालमा महामारी भित्रिने गरेको छ । अहिलेको कोभिड मात्र हैन यस अघिका अन्य महामारीहरु पनि भारत हुदै नेपाल भित्रिएका छन् ।

Advertisement

मानव मात्र नभई महामारीहरु पनि भारतबाट स्थलमार्ग हुदै नेपाल भित्रिने गरेको कारण नाकालाई थप ब्यवस्थित बनाउनुको साथै नाकामै स्थायी हेल्थ डेस्कको आवश्यकता समेत बढ्दै गएको छ । भारत र चीन २ ठूला मुलुकका बिच रहेको नेपाल चीन भन्दा पनि बढी भारतसित प्रभावित रहेको छ । नेपाल र भारतबिच १ हजार ८ सय ८ किलोमिटर क्षेत्र खुल्ला सीमा रहेको छ ।

जसमध्ये १ हजार २ सय १३ किलोमिटर जमिन रहेको छ भने बाँकी ५ सय ९५ किलोमिटर नदीहरुले सीमा छुट्टयाएको छ । यी मध्ये अहिले कोभिडको महामारीलाई मध्यनजर गरि १३ वटा नाका मात्र आवातजावतको लागी नेपाल सरकारले छुट्टयाएकोे छ । १३ वटा मात्र मूख्य नाका छुट्टयाए पनि खुल्ला सीमाको कारण असंख्य स–साना नाकाहरुबाट अहिले असुरक्षित आवातजावत जारी रहेको छ ।

कोभिडको पहिलो लहरमा नेपालीलाई आफ्नै देश आउन बन्देज लगाए पछि यस्ता साना नाकाहरुको प्रयोथ अत्याधिक भएका थिए । यसबाट पाठ सिक्दै सरकारले दोश्रो लहरको समयमा ब्यवस्थित रुपमा मूख्य नाकाबाट नै नेपालीहरुको आवातजावत सहज बनाउने प्रयास गरेको थियो।

नाकामै हेल्थ क्याम्प राखेर ब्यवस्थित रुपमा सबैलाई परिक्षणको दायरामा ल्याई संक्रमित देखिएकालाई ब्यवस्थापन गरेको कारण धेरैको ज्यान जोगिएको थियो । स्वास्थ्य सेवा बिभाग अन्र्तगत इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेल भारतबाट कुल ४ लाख ३२ हजार १ सय ३६ जना नेपालीहरु नेपाल प्रवेश गरेको बताउछन । प्रवेश गरेका मध्ये ८१ हजार ३ सय ९६ जनालाई एन्टिजेन परिक्षण गर्दा ४ दशमलव ९५ प्रतिशत अर्थात ४ हजार ६५ जना कोभिड पोजिटिभ देखिएको बताए ।

यदि नाकामै परिक्षण नगरिएको भए यो संख्या नेपाल भित्रिने थियो र यसले करिब १६ हजार २ सय ६० देखी २० हजार ३ सय २५ जना सम्मालाई संक्रमित बनाउन सक्ने पोखरेलको भनाई छ । उनले नाकामै परिक्षण गरिएको कारण यति धेरै नेपाली संक्रमित हुनबाट जोगिएको र नेपालमा करिब २ सय ७५ जनाको मृत्यु रोकिएको दावी गरे ।

दोश्रो लहरमा प्रभावकारी देखिएको नाकामै परिक्षणको ब्यवस्थालाई तेश्रो लहरलाई ध्यानमा राख्दै थप चुस्त बनाउने तयारी गरिएको छ । अहिले भारतको मेघालय, सिक्किम, मनिपुर उत्तराखण्ड लगायतको क्षेत्रमा कोभिडको तेश्रो लहर देखिएपछि सीमामा सर्तकता बढाईएको छ । नेपालमा १३ नाका खुल्ला रहे पनि सबै भन्दा बढी नेपालीहरु लुम्बिनी प्रदेशबाट नै भित्रिने गरेको तथ्यांक छ।

नेपाल भित्रिनेमा लुम्बिनी प्रदेशको जमुनहा र बेलहिया नाकाबाट गरि ५० प्रतिशत भन्दा बढी नेपालीहरु भित्रिएका थिए । यसैकारण पहिलो र दोश्रो लहरमा बाँके र रुपन्देही बढी प्रभावित जिल्लाहरुको सुचिमा परेको डाक्टर अमृत पोखरेलको भनाई छ ।

तेश्रो लहरको सम्भावित जोखिमबाट जोगाउन सीमामा राखिएका हेल्थ डेस्कबाट एन्टिजेन परिक्षणलाई निरन्तरता दिईएको छ । यसले नेपाल प्रवेश गर्ने नेपालीहरुबाट हुने जोखिम घटाएको छ । सीमामै निशुल्क कोभिड परिक्षण गर्न पाएका नेपालीहरु पनि राहत महशुश गरेका छन् । दिल्लीबाट फर्किदै गरेकी कावासोतीकी शान्ती शर्मा काफ्लेले सीमाबाटनै परिक्षण गरिएको कारण ढुक्क भएर घर फर्किन सकेको प्रतिक्रिया दिईन । “भारतबाट फर्किदै गर्दा हाम्रो स्वास्थ्य अवश्था कस्तो छ ? घरमा बुढा आमाबुवा हुनुहुन्छ उहाँहरुलाइ कस्तो असर गर्ला भन्ने पिर थियो, सीमामै परिक्षण भए पछि ढुक्क भयौ ।” उनले भनिन

यस्तै अहिले लुम्बिनी प्रदेशले पनि तेश्रो लहरसंग जुध्न तयारी अवश्थामा रहेको स्वास्थ्य निर्देशक डाक्टर बिनोद गिरीको भनाई छ । उनले अहिले भदौ महिना सम्ममा अक्सिजन प्लाण्ट गर्न अस्पतालहरुलाई निर्देशन दिएको र सम्पूर्ण बेडको २० प्रतिशत बेड बालबालिकाको लागी छुट्टयाउन समेत निर्देशन गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेश तेश्रो लहरबाट जोगिन तयारी अवश्थामा रहे पनि मूख्य रुपमा भारतबाट आउने महामारीलाई रोक्न आवश्यक रहेको हुदा सीमामा रहेका हेल्थ डेस्कहरुलाई थप ब्यवस्थित आवश्यक रहेको छ । अहिले पनि नाकामा धेरै कुराहरु ब्यवस्थापन गर्न बाँकी रहेको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले बताए ।
सीमामा रहेको स्वास्थ्यकर्मि र अन्य कर्मचारीहरुलाई नाकामा आउने यात्रुहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्वास्थ्य सेवा बिभागले देशैभरि अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने पुरुषहरू धेरै काम गर्छन् तर, महिलाहरूलाई फुर्सद कम हुन्छ निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर हुने सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु दक्षिण कोरियामा एकैदिन एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित