ताजा अपडेट »

ग्लोबल टी-२० क्रिकेटको फाईनलमा सोमपालको टिम

आइतबार, २६ साउन २०७६, ११ : ३३
6 Shares

साउन २६,
काठमाण्डौं । नेपाली बलर सोमपाल कामीको टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि नजिक पुगेको हो ।


घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उभ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा साहिद अफ्रिदी र बाबर हायातले समान ३२-३२ रन बनाए । यस्तै वाहब रियाजले २३ रनको योगदान गरे । यो खेलमा नेपाली बलर सोमपाल कामी बेन्चमा राखिएको थियो । बलिङमा हक्सका रियाद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए । जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो। उसका जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए । यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । अब उसले उपाधिका लागि भोली भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

शुरुवाती ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२ औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए । पौल भ्यान मेकेरिनको बलमा १८ दशमलब पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।