२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

एजेन्सी । बार्सिलोनाका पूर्व-कप्तान लिओनल मेस्सीले आज (आइतबार) बार्सिलोनास्थित क्याम्प नाउमा पत्रकार सम्मेलन गरेर बिदाइ लिनेछन् । नेपाली समय अनुसार आज दिउँसो ३:४५ बजे हुने पत्रकार सम्मेलनमा मेस्सीले पत्रकारहरुसँग आफ्नो भविष्यका बारेमा प्रश्न-उत्तर गर्ने आँकलन गरिएको छ। उक्त कार्यक्रममा उनका केहि पारिवारका सदस्यहरु पनि उपस्थित हुने स्पेनिस मिडियाले जनाएको छ।

Advertisement

नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी गत सिजनको अन्त्यसँगै मेस्सीले बार्सिलोना छाड्न चाहेका थिए ।मेस्सीले क्लबसँग नयाँ सम्झौता केहि दिन अघि नै गर्ने लगभग तय भएको थियो तर त्यो अन्तिम समयमा ‘वित्तीय एवम् संरचनागत अवरोधहरू’का कारण हुन् सकेन।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन नसकेको बार्सिलोनाले जारी गरेको पछिल्लो विज्ञप्तीमा उल्लेख थियो। “लियोनेल मेस्सी तथा एफसी बार्सिलोना दुवैले एक सहमति गरेका थिए र दुवै पक्षमा नयाँ करार सम्झौतामा सही गर्ने स्पष्ट नियत हुँदाहुँदै पनि वित्तीय एवम् संरचनागत अवरोधहरू (स्पेनी ला लिगाका नियमहरू)का कारण त्यसो हुन सकेन,” क्लबले भनेको थियो।

गत सिजनको अन्त्यसँग उनको सम्झौता टुंगिएको थियो । नयाँ व्यवस्थापन आएसँगै मेस्सीको सम्बन्धमा पनि सुधार आएको थियो । तर आर्थिक रुपमा निकै घाटामा रहेको बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने अवस्था रहेन । सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । आइतबार नै बार्सिलोना र युभेन्ट्सबीच हुने जोन गाम्पर ट्रफीमा मेस्सीले लाउने गरेको १० नम्बर जर्सी कसैले लगाउने छैनन् ।

मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६७२ गोल गरेका छन्।१३ वर्षको उमेरमा सन् २००० मा मेस्सी बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने