ताजा अपडेट »

भारतीय विद्युतिय टेम्पो र चीनीया साइकल बजारमा

शनिबार, २५ साउन २०७६, २३ : ५८
6 Shares

साउन २६,
ग्लोबल आवाज

बुटवल । भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पो नेपालभर आधिकारीक विक्रेताका रुपमा यस रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा भित्राएको छ । एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूवार्धार विकासमन्त्री बैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएमले टेम्पोको शुभारम्भ गरेका छन । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नया प्रविधि सहित आएको ईलेक्ट्रिक टेम्पो धेरै उपयोगी भएको बताए । पेट्रोलियम सवारीको विकल्पका रुप यो रहेको उनले दाबी गरे । धेरै सानो सवारीका कारण ट्राफिकको समस्या उत्पन्न भएको र यसतर्फसमेत ध्यान दिनेगरि योजना अघि बढाउने उनले बताए ।

कम्पनीका जिएम राजा गाएमले नेपालमा पट्रोलियम सवारी साधन हटाउने योजना अनुसार यो उपयुक्त साधन भएको दाबी गरे । इलेक्ट्रिक टेम्पोको मुख्य विशेषताका रुपमा सिगल लिथिएम आयन ब्यट्रि जडित हुदा ब्यट्रिमा पानी हाल्नुपर्ने झन्झटबाट सवारीधनी मुक्त हुने उनले बताए । भारतको सवारी साधन मापन गर्ने आधिकारीक सरकारी निकाय आइसिएटि बाट कम्पनीलाई वातावरणमैत्री र ब्यवसायीक रुपमा चल्न सक्ने प्रमाणप्रदान गरेको छ । यो टेम्पो अन्यको तुलनामा मजबुत र किफायती रहेको छ । फुलचार्ज गर्न बढीमा ४ घण्टा लाग्ने र ८० प्रतिशत चार्ज हुन १ घण्टामात्र लाग्ने कम्पनीको दाबी छ । टेम्पोका अन्य विशेषताहरुमा बेक्रिङ सिस्टम तथा सस्पेन्सन पेट्रोल टेम्पो सरह रहेको हुनाले यसको ब्रेक अत्यान्त राम्रो तथा गाडी लचकदार रहेको छ ।

टेम्पोको अधिकतम स्पिड ४० किमी प्रतिघण्टा रहेको छ । टेम्पोको अधिकतम बिक्री मुल्य ६ लाख रुपैया रहेको छ । हाल यस टेम्पो खरीद गर्ने ग्राहक महानुभावलाई कम्पनीले विद्युत साईकल स्कीमको रुपमा राखेका छौ । स्मरण रहोस विद्युतिय साईकलको मुल्य ५० हजार रुपैया रहेको छ । कम्पनीले विद्युतिय साईकल प्रर्वद्धन गर्ने लक्ष्य समेत राखेको कम्पनीका निर्देशक ज्ञान प्रसाद बश्यालले बताए । यो साईकल एक पटक फुल चार्ज गरेपछि ५० किमी गुड्नसक्ने र फुलचार्ज गर्न ३ घण्टा लाग्ने उनले बताए । साईकलको चार्ज सकिएपछि पैदल चलाउन समेत मिल्ने गरि डिजाईन गरिएकाले धेरै उपयोगी भएको उनको दाबी छ । ईन्धनको प्रयोगबाट हुने वातावरण प्रदुषणलाई रोक्न यो सवारी लाभदायक भएको उनको दाबी छ । यसका साथै टेक्पोमा ६ जना सवारी चढाउन मिल्ने भएकाले पनि आम्दानीको हिसाबले लाभदायक हुने उनले बताए । विक्रिपछिको सेवालाई समेत जोड दिएको उनले बताए ।

यातायात कार्यालयका प्रमुख मुक्ती पाण्डेले ई–रिक्सा र टेम्पोको ब्यवस्थापन गर्न २०७५ चैत मसान्तसम्म स्थानिय सरकारको सिफारिसमा गर्ने र रुट समेत तोकी कार्यालयमा दर्ता गर्न सुचना जारी गरेपनि त्यो अटेर भएको बताए । ट्राफिक ब्यवस्थापनमा समस्या बढि भन्दै यसमा सरोकारवाला गम्भिर हुनुपर्ने बताए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले सुरक्षा चुनौती रहेको बताए । बुटवल उपमहानगरपालिकामा १ हजार १८ रिक्सा र तिलोत्तमा नगरमा ५ सय चलाउन सक्ने क्षमता भएको जानकारी आएको भएपनि योभन्दा धेरै संचालन भएको उनले बताए । कार्यक्रमको अध्यक्षता रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टका संरक्षक ऋषिराम बश्याल, निर्देशक कृष्ण बश्याल, निराजन कंडेलले भारतबाट ब्याट्री आयात गर्दा भन्सार दर महङो हुदा समस्या रहेको बताए । भारतबाट नया ई रिक्सा भित्राउदा भन्सार १० प्रतिशत लाग्ने भएपनि सोही ई रिक्सामा प्रयोग हुने ब्यट्रि भने २५ प्रतिशत भन्दा बढी हुनु नीतिगत समस्या भएको उनले बताए । सरकारले चाडोभन्दा चाडो यो समस्या समाधान गर्न उनले सुझाव दिए । रिक्साको प्रयोजनका लागि उपयोग हुने ब्याट्रीको भन्सार दर कम गर्नुपर्ने उनले बताए ।

प्रहरीलाई ५ ओटा इ–साइकल

रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्टले ईलाका प्रहरी कार्यालय बुटवललाई ५ वटा ईलेक्ट्रिक साईकल हस्तान्तरण गरेको छ । एक समारोहका बिच भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, जिएमडब्लुको एमडी राजा गएम, रोहिणीका संरक्षक ऋषिराम बश्यालले ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईलाई साईकल हस्तान्तरण गरेका छन । साईकलहरु प्रहरीले सुरक्षाका लागि गस्तीमा प्रयोग गर्ने छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।