ताजा अपडेट »

'अप्रिल फुल'को सफलतापछि सञ्चारकर्मी आचार्यको 'ब्लु डायरी' आउँदै

आइतबार, २४ साउन २०७८, ०८ : ३७

बुटवल । युवा लेखक तथा सञ्चारकर्मी कृष्ण आचार्यको दोस्रो उपन्यास 'ब्लु डायरी' आउने भएको छ । उनले आफ्नो दोस्रो उपन्यास 'ब्लु डायरी' बजारमा छिट्टै आउने जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत ब्लु डायरीको कभर सार्वजनिक गरेका हुन् ।

आचार्यले ब्लु डायरीमा प्रेमलाई फरक तरिकाबाट प्रस्तुत गरेका छन् । उनले उपन्यासमा प्रोफेशनल प्रेम सम्बन्ध (जस्तै: प्रेम जिवनसँग कसरी जोडिन्छ ? प्रेमले कसरी सफलताको मार्गनिर्देशन गर्छ ?) व्यवसायिक कुरा, यूवाको संघर्ष र सफलता लगाएतका विषयवस्तुहरुलाई पनि समेटेको आचार्यले बताए ।

आचार्यले आगामी भदौ दास्रो हप्तासम्म उपन्यास बजारमा ल्याउने तयारी गरेका छन् । इन्जिनियर्स पोष्ट डटकमको सम्पादक समेत रहेका आचार्यले यस अघि पहिलो उपन्यास अप्रिल फुल बजारमा ल्याईसकेको छन् । उनको पहिलो उपन्यास अप्रिल फुलले युवा पाठकको मन जित्न सफल भईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।