ताजा अपडेट »

रैना कम्तिमा दुई महिना मैदान बाहिर हुने

शनिबार, २५ साउन २०७६, १३ : ०७
8 Shares

साउन २५,
भारतीय क्रिकेट टिमका खेलाडी सुरेश रैना कम्तिमा दुई महिना मैदान बाहिर हुने भएका छन । पछिल्लो पटक राष्ट्रिय टिममा खासै नदेखिएका रैनाको खुट्टाको सल्यक्रिया भएको छ । जसका कारण उनले कम्तिममा ६ हप्ता आराम गर्नुपर्ने हुन्छ ।

रैनाको नेदरल्याण्ड्सको एम्सटरड्याम घुँडाको सल्यक्रिया भएको छ । गत सिजन देखि घुँडाको चोटबाट गुज्रिरहेका रैनाको यो सल्यक्रिया पछि अर्को महिनाबाट सुरु हुने भारतीय घरेलु प्रतियोगिता गुमाउने भएका छन । सल्यक्रियापछि रैनाले फिजियोथेरापी पनि गुर्नपर्नेछ । जसका कारण उनी मैदानमा फर्कन समय लाग्ने बताइएको छ । रैनाले भारतीय क्रिकेट टिमका लागि १८ टेष्ट, दुई सय २६ एकदिवसिय र ७८ टी–२० खेल खेलका छन । उनले अन्तिम पटक राष्ट्रिय टिमबाट २०१८ को जुलाईमा इंग्ल्याण्ड विरुद्ध भएको एकदिवसिय खेल खेलेका थिए ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।