ताजा अपडेट »

एशियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर काठमाण्डौंमा

शुक्रबार, २४ साउन २०७६, २१ : ५६
2 Shares

साउन २४,
ग्लोबल आवाज
काठमाण्डौ । प्रदेश ५ को भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई–१६ रहेकोे एसियन कंक्रिटो प्रा. लि.ले काठमाण्डौ वासीलाई लक्षित गरि आफ्नो एक्सपिरियन्स सेन्टर काठमाण्डौको टेकूमा संचालनमा ल्याएको छ । सेन्टरको एक समारोहका बीच शुक्रबार वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका अध्यक्ष, बरिष्ठ उद्योगपति ताराचन्द केडियाले समुदघाटन गरेका हुन् । २ वर्ष अघि स्थापना भएको एसियन कंक्रिटोले गत वर्षको श्रावण महिनादेखि उत्पादन सुचारु गरेको हो । कंक्रिट जन्य उद्योगका सामाग्री उत्पादन गर्ने उपकरण निर्माता कम्पनीमध्ये बिश्व प्रसिद्ध प्रविधि प्रयोग गर्ने जर्मनीको मासा कम्पनीको प्लान्ट मार्फत सामाग्री उत्पादन गर्ने यो नै नेपालको पहिलो तथा एकमात्र उद्योग रहेको कम्पनीले जनाएको छ । मासाले यूरोप, मध्यपूर्वी देशहरु, उत्तर तथा दक्षिण अमेरिकासहितका अन्य धेरै देशहरु तथा भारतमा पनि कंक्रिट जन्य सामाग्री बनाउने प्लान्ट सप्लाईका साथसाथै निरन्तर रुपमा सेवा दिदैं आएको छ । भारतमा समेत ३ वटा ठाउँमा मात्र यस कम्पनीका प्लान्ट मार्फत उत्पादन हुने गरेको छ ।

नेपालमा बि.सं. २०७२ मा आएको भूकम्पपछि कम्पनीका अधिकारीहरु आफैं जर्मनी गएर मासा कम्पनीलाई नेपालको भौगोलिक अवस्था तथा यहाँ पाईने कच्चा पदार्थहरुको जानकारी र त्यसका विशेषताहरुको जानकारीको साथसाथै धेरै पटकको अनुरोध पछिमात्र मासा नेपालमा मेसिनसहित आउन तयार भएको थियो । नेपालको उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका उत्पादनहरु जस्तै पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक बनाउनको लागि चाहिने कच्चापदार्थ नेपालमै उपलब्ध हुने बताइएको छ । ‘यो उद्योगमा लाग्ने सम्पूर्ण कच्चा पदार्थहरुको सबैभन्दा पहिला हाम्रो आधुनिक ल्यावमा टेष्ट हुन्छ, त्यसपछि त्यो रिपोर्ट जर्मनी पठाइन्छ, जमर्नीबाट ठीक छ भन्ने सूचना पश्चात र त्यहाँबाट अनुमोदित भएर आएपछि मात्र ती कच्चा पदार्थहरु उत्पादनमा प्रयोग गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।यो उद्योगमा लगभग २०० करोड पहिलो चरणमा लगानी भइसकेको छ र दोश्रो चरणमा पनि त्यति नै वा सो भन्दा बढी लगानी गर्नुपर्ने कम्पनीले बताएको छ ।

यस उद्योगले ५०० टन बस्तुहरु मात्र १ दिनमा उत्पादन गर्नसक्ने क्षमता राख्छ । ‘यसको उत्पादन क्षमताले हाम्रो देशमा सुस्त गतिमा भईरहेका विकास निर्माणका काममा एकदमै ठूलो टेवा पुर्याउन सक्छ, जसले गर्दा भनेको र सुरु गरेको काम समयमा सम्पन्न हुन संभब छ ।’ विज्ञप्तिमा भनिएको छ । उद्योगले भनेको समयमा चाहिएका बस्तुहरु समयमै पुर्याईदिन सक्दछ । सडक, पुल लगायतका बिकाश निर्माणका योजनाहरु भनेको र तोकिएकै समयमा पुरा गर्नुपर्ने हुन्छ, समयमा पूूरा गर्न नसक्नु भनेको त्यसमालाग्ने बस्तुहरु, (पेभर, व्लक, स्लाव, कर्व स्टोन आदि) को समयमा उत्पादन नहुनु वा ढीलो गरी उत्पादन हुनु नै हो भन्ने हाम्रो बुझाइ रहेकोले यो समस्यालाई हाम्रो उद्योगले पक्कै पनि सम्बोधन गर्नेछ भन्नेमा विस्वस्त छौ र जति आबश्यक सामग्री पनि हामी तोकिएको समयमै उपलब्ध गराउन प्रतिबद्ध छौ ।’

यस उद्योगबाट उत्पादित बस्तुहरु अन्तराष्ट्रिय स्तरका तथा एकदमै मजबुत, आकर्षक तथा टिकाउ हुने र १५० टनको गाडी गुड्यो भने पनि केही फरक नपर्ने पनि उद्योगले बताएको छ । यो उद्योगले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तिमा १०० देखि १५० जनाको लागि रोजगार प्रदान गरेको छ । यस उद्योगलाई देशकै बिभिन्न प्रतिष्ठित औधोगिक घरानाका उद्योगीहरुले प्रर्वधन गरेका हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।