ताजा अपडेट »

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री शर्मा

विहीबार, २१ साउन २०७८, १९ : ४१
8 Shares

काठमाडौं । सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट दिनुपर्ने र स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहजरूपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाहरुका लागि महत्वपूर्ण सहयोगप्राप्त भएको स्मरण गर्दै माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्। प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएको उनको सचिवालयले जनाएको छ ।

उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारी दिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।