ताजा अपडेट »

बुटवल उपमहानगरले अटो रिक्सा व्यवस्थापन नगर्दा व्यवसायी बीच नै विवाद तथा तोडफोड

विहीबार, २१ साउन २०७८, १८ : ०१

बुटवल । बुटवलमा दैनिक हजारौँ अटोरिक्सा चल्छन् । तर, बुटवल उपमहानगरपालिकाले नगरभित्र चल्नको लागि भन्दै २०७५ सालदेखी नै १०१८ रिक्सा मात्रै दर्ता गरेको छ । दर्ता भएका रिक्साले आफुहरु मात्रै चल्न पाउनुपर्ने बताउँदै आएका छन् भने दर्ता नभएका रिक्साले आफुहरुले चलाउन पाउनुपर्ने बताउँदै आएका छन् । उपमहानगरमा दर्ता भएका अटोरिक्सा व्यवसायीहरुले बिहीबार बुटवल उपमहानगरपालिका परिसरमा धर्ना तथा दादागिरी देखाएका हुन्।

उनीहरुले अटोरिक्सा धेरै भएको बताउँदै दर्ता नभएको अटोरिक्सा चलाउन दिन नहुने भन्दै धर्नाकै समयमा आएका अन्य रिक्सालाई तोडफोड समेत गरेका थिए। बाक्लै प्रहरीको परिचालनका बाबजुत पनि उनीहरुले आफ्ना माग पुरा गर्नुपर्ने बताउँदै आएका हुन् । यता बुटवल उपमहानगरपालिकाले भने बुटवल भित्र १०१८ रिक्सापनि नभएको बताएको छ । उपप्रमुख गुमादेबी आचार्यले यातायता कार्यालयले ७ सय जतिको मात्रै बिलबुक तयार पारेकोले थप दर्ता नभएको बताईन् ।

उपमहानगरपालिकाले ई रिक्सा चालक र व्यवसायी संग बसेर बनाएको कार्यविधी अनुसार रुट समेत निर्धारणको प्रक्रिया रहेपनि व्यवसायीहरु बीचकै विवाद काम अगाडि नबढेको बताईन् । उनले पहिले पुरानो कार्यविधी अनुसार काम गर्ने र थप दर्ताको विषय पछि अध्ययन हुने बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।