ताजा अपडेट »

सांसद ओलीलाई बन्धक बनाइएको कुरा झुठो हो, पार्टीलाई बदनाम गर्न खाेजियाे : एमाले लुम्बिनी

विहीबार, २१ साउन २०७८, १७ : ४५
4 Shares

बुटवल । नेकपा एमालेले प्रदेश सांसद विमला खत्री वलीलाई बन्धक बनाइएको आरोपको खण्डन गरेको छ । आफूलाई बन्धक बनाइएको भन्दै प्रदेश सांसद ओलीले विहिबार दिउसो पत्रकार सम्मेलन गरी दिएको प्रतिक्रियाको खण्डन गर्दै एमालले उक्त कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

विगत केही दिनदेखी सम्पर्क विहिन भएकी खत्रीले दिउसो नेकपा माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भई आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाई राखिएको र आफू भाग्न सफल भएको बताएकी थिइन् । ओलीको उक्त आरोप लगत्तै एमालेले आजै पत्रकार सम्मेलन गरी उनकै राजीखुशीमा मुख्यमन्त्री कार्यालयमा बसेको जनाएको छ ।एमालेलाई बदनाम गरी कमजोर बनाउने उद्देश्यले आरोप लगाइएको एमालेले जनाएको छ ।

एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला खत्रीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताए । खत्रीले आफूहरुसँग एमालेमा आउन राजि भएको बताउँदै उनको इच्छा अनुसार नै मुख्यमन्त्री निवासमा परिवारका दिदी भिनाजुसहित बसेको उनले बताए ।

ढकालले प्रदेश सांसद खत्रीलाई राजिखुशी नै दाङबाट बुटवल ल्याएको बताए । ‘त्यतीका लामो बाटो थियो । उहाँसँग मोबाइल थियो । दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनुभएको थियो ।’ उनले भने । बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उनकै इच्छा अनुसार मुख्यमन्त्री निवासमा राखीएको ढकालले दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।