ताजा अपडेट »

लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि आव्हान

विहीबार, २१ साउन २०७८, १६ : २३
2 Shares

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बस्ने भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गर्दै संविधानको धारा १६३ (३) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको जानकारी गराएका हुन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अत्पमतमा रहेको भन्दै १९ गते तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख शेरचन समक्ष विशेष अधिवेशनको लागि समावेदन दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।