ताजा अपडेट »

भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित

विहीबार, २१ साउन २०७८, १५ : २१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।