ताजा अपडेट »

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

विहीबार, २१ साउन २०७८, १४ : ५३

सिमकोट । पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ । फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताए ।

सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, तल्लो गाउँ, माथिल्लो र आसपास गाउँका बालबालिकाले फुटबल खेलको तालीम लिइरहेको उनले जानकारी दिए । साउन १५ गतेदेखि बिहान, दिउँसो र साँझ फुटबल तालीम नियमित सञ्चालन भइरहेको बताइएको छ । बिहानको समयमा ३० बालक सहभागी हुने गर्दछन् भने दिउँसो त्यो भन्दा दोब्बर एक सय बढीको सङ्ख्यामा बालिका सहभागी हुने गरेका अध्यक्ष रावतले बताए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।