ताजा अपडेट »

सुरेश सेन्चुरीको ‘जप्दै हरिको नाम’ सार्वजनिक

विहीबार, २१ साउन २०७८, १४ : २१
6 Shares

बुटवल । बुटवलका सर्जक सुरेस सेन्चुरीले नयाँ भजन जप्दै हरिको नाम सार्वजनिक गरेका छन्। बुटवलको बागेश्वरी संगितालयका सञ्चालक समेत रहेका सेन्चुरीको शब्द संगितमा भजन सार्वजनिक भएको हो।

सेन्चुरीकै आफ्नै आवाजमा रहेको गितमा प्रेम नेपाली ,बिशाल आत्रेय, सरिता पन्थी सुनार र लाली श्रेष्ठले सहयोग गरेका छन्। दिपक श्रेष्ठको भिडियो निर्माण र नरेस पाण्डेले रेकर्डिङमा साथ दिएकाे सेन्चुरीले जानकारी दिए ।

कोरोनाको कारणले देशभर हजारौँको संख्यामा मृत्यु र धेरैको तहसनहस भएको समयमा भजनले केही भएपनि राहात होस भन्ने उद्देश्यले भजन ल्याएको सेन्चुरीले बताए।

https://www.youtube.com/watch?v=8E_6OaocOC4
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।