ताजा अपडेट »

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु सामान्य रनको चुनौती

शुक्रबार, ११ माघ २०७५, ०८ : ५२
4 Shares

माघ ११,

काठमाडौं । युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ११४ रनको टार्गेट दिएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडे।

सन्दिप लामिछानेले १५ रन बनाए । अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट भए ।

युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३-३ विकेट लिँदा इमरान हैदारले २ विकेट लिए । क्वादेर अहमदले १ विकेट लिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।