ताजा अपडेट »

मुख्यमन्त्री निवासमा बन्दक बनाई हस्ताक्षर गराइयोः सांसद विमला

विहीबार, २१ साउन २०७८, १३ : २६
2 Shares

बुटवल । लुम्बिनी प्रदेशकी सदस्य विमला कुमारी खत्रीले आफूलाई मुख्यमन्त्री निवासमा बन्दक बनाइएको र जवरजस्ती रुपमा हस्ताक्षर गराइएको बताएकी छिन् । उनले आज पत्रकार सम्मेलन गरी सो कुरा बताएकी हुन् । उनले मुख्यमन्त्री निवासमा आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताईन् ।

नेपालगञ्ज उपचारको लागि जाने तयारी गरिरहेकी बिमलालाई नेकपा एमालेका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत लगाएतले नेपालगञ्ज पुयाईदिन्छौं भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पुर्याएको उनको भनाई छ । मुख्यमन्त्री निवासमा उनलाई श्रीमानको प्रशंगहरु जोडि बारम्बार मानसिक रुपमा दिईएको उनले बताईन ।

साउन १५ गतेदेखि मुख्यमन्त्री निवासमा बन्धक बनाईएकी बिमलाले हिजो भागेर नेकपा संसदीय दलको कार्यालयमा आउन सफल भएको बताईन् । उनले हिजो दिउँसो मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।