ताजा अपडेट »

क्रिष्टीयन समुदायका पाष्टरद्वारा खाद्यान्न सहयोग

बुधबार, २० साउन २०७८, २१ : ३८
32 Shares

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीलाई क्रिष्टीयन समुदायका पास्टरहरुले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । पास्टरहरु राजेश मगर, दीपक जीसी, देवरा बस्नेत,कृष्ण केसी,धिरज गौतम, दिप्या गौतम र साजन नेपालीले आफ्नो निजी स्रोतबाट राहत सहयोग गरेका हुन् ।

चामल, दाल, नुन, मास्क र सेनीटाईजरलगायतका स्वास्थ्य सामग्री संघका रुपन्देही उपाध्यक्ष शशी परियारलाई पास्टर देवरा बस्नेतले हस्तान्तरण गरेका हुन् । संघका रुपन्देही उपाध्यक्ष शशी परियारले सहयोगी दाताहरुलाई धन्यवाद दिदै यो सहयोगले कोरोनाका कारण संकटमा परेका पत्रकारहरुलाई राहत पुग्ने बताए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष विनोद परियार, प्रदेश सदस्य जोगलाल नेपाली, समाजसेवी अमृत गहतराज, किसन बराल, भानुभक्त शर्मा, विरेन्द्र कुँवरलगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।