ताजा अपडेट »

गुल्मीको सत्यवति गाउँपालिकाद्वारा माछा मार्ने जाल वितरण

बुधबार, २० साउन २०७८, २१ : ३२
24 Shares

गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाले बोटे माझी संस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ । गाउँपालिकाले वडानम्बर–१ अस्लेवामा रुद्रावेनीका १० जना युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो ।

जाल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुर्खाले गर्दै आएको आफ्नो कला सीप संस्कृति संरक्षणमा बोटे माझी युवाहरुलाई पालिकाले सहयोग गर्ने बताए । वितरण गरिएका जालले बोटे माझिका युवालाई माछा मार्न सजिलो हुने गाउँपालिकाले जनाएको छ । खोलामा जाल फालेर माछा मार्ने बोटे माझीको पेसा हो । कतिपय स्थानमा बोटे माझीले खोलामा जाल फालेर माछा मारेरै दैनिकी चलाउदै आएका छन् ।

नदिमा करेन्ट लागेर माछा मार्ने प्रवृतिलाई अन्त्य गर्न र युवाहरुलाई प्रोत्साहन गर्न सीप लाई बचाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बजेट विनीयोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।