ताजा अपडेट »

रुपन्देहीको भैरहवामा फिटनेश च्वाईसको २० औं शाखा

बुधबार, २० साउन २०७८, १५ : ५७
8 Shares

भैरहवा । फिटनेश तथा जिमको लागि आवश्यक पर्ने सामग्री बिक्रिी गर्दै आइरहेको फिटनेश च्वाइसले भैरहवामा आफ्नो शाखा विस्तार गरेको छ । विशेष गरि घरमै बसेर व्ययाम गर्न मिल्ने सामग्रीहरु बिक्रि गर्ने गरेको फिटनेश च्वाइसले नेपालमा २० वटा बिक्रि केन्द्र मार्फत सेवा प्रधान गरिरहेको प्रबन्ध निर्देशक उत्तम सिलवालले जानकारी दिए ।

भैरहवाको विद्युत कार्यालय अगाडि सुरु भएको फिटनेश च्वाइसाबाट अमेरीका, बेलायत, कोरिया, ताइवान र चीनमा बनेका ब्राण्डेड फिटनेशका सामानहरु बिक्रि गरिने सिलवालले बताए । २२ वर्षदेखी फिटनेस सामग्री बिक्रि बितरण र बिक्रि पछिको सेवा समेत प्रदान गर्दै आइरहेको फिटनेश च्वाइसले गुणस्तरीयतालाई समेत ध्यान दिएको सिलवालले बताए ।

भैरहवाको बितरण केन्द्र र काठमाण्डौंको बिक्रि कक्षमा पाइने उपकरणको मुल्य एकै भएकोले यस्ता सामान खरिद गर्न काठमाण्डौं नै धाउनु पर्ने अवस्थाको अन्त्य हुने भैरहवा बिक्रि कक्ष प्रमुख रीमा अर्यालको भनाई छ । उनले जिमका सबै सामानहरु, बिभिन्न किसिमका ट्रेडमिलहरु, कर्डियो, स्पाका सामान, फ्लोरिङ तथा आउटडोर फिटनेशका सामानहरु भैरहवा बिक्रि कक्षमा उपलब्ध रहेको जानकारी दिइन ।

भैरहवा बिक्रि कक्षको सुभारम्भ गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने ‘सर्वज्ञ’ ले अहिले कोभिडको महामारीमा स्वास्थ्य सुरक्षा नै मूख्य रहेको बताए । उनले अहिले कोभिडको कारण बाहिर गएर ब्यायम, मर्निङ वाक लगायत गर्न गाह्रो भएको तथा सुरक्षाका कारण बाहिर जान नसक्नेका लागि फिटनेश च्वाइसले उत्तम विकल्प दिएको बताए । उनले घरभित्रै गर्न सक्ने ब्यायमको लागि आवश्यक पर्ने सामग्रीको बिक्रिकक्ष खुल्नु महत्वपूर्ण रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थलको कारण निकट भविष्यमै अन्तर्राष्ट्रि स्तरको शहर बन्न गइरहेकोले अब यहा पार्क बनाई सबैले ब्यायम गर्न सक्ने सामग्री राख्न अपरिहार्य रहेको उनले बताए ।

फिटनेश च्वाईसका ब्राण्ड एम्बेसडर तथा मिस्टर नेपाल महेश महर्जनले फिटनेशको लागि बडी बिल्डिङ मात्र नभई खेल पनि उत्तिकै महत्वपूर्ण रहेकोले खेल र फिटनेशको माध्यमबाट देशलाई चिनाउन सकिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।