ताजा अपडेट »

त्रिशूलीमा बस खस्यो, तीनको मृत्यु, १७ को उद्धार

शुक्रबार, २४ साउन २०७६, ०९ : १०
14 Shares

साउन २४,

धादिङ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जनाभन्दा धेरै यात्रु रहेको अनुमान छ ।


इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुविरहेको छ भने निकै अप्ठेरो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको उद्धार गरि उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ । उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । दुर्घटनाको थप विबरण आउन  बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।