११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ । चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।

दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । सो कार्यालयमा हुने भीडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागू गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ । टोकन प्रणालीबाट सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहीलाई आउन नपर्ने कार्यालयले जनाएको छ । टोकन प्रणाली लागू भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपूर्जा दिने गरिएको छ । मालपोत कार्यालय भनेको समयमै सेवा पाइदैन र काममा ढिल्लासुस्ती हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागू गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ९१ लाख ९६ हजार २३५ राजस्व सङ्कलन गरेको छ । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डालगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको कार्यालयले गरेको छ । सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजस्व कारोवार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी