ताजा अपडेट »

भूमि आयोग विघटन गर्नु सरकारको गम्भीर भुल: मुख्यमन्त्री पोखरेल

बुधबार, २० साउन २०७८, १३ : १०
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक पूर्वाग्रहका आधारमा भूमि आयोग विघटन गर्नु सरकारको निकै ठुलो भुल भएको बताएका छन् ।

राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो । ‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो । ’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै मुख्यमन्त्री पोखरेलले आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गर्न आग्रह गरेका छन् । ‘आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात हो । यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गरौ । आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गरौ ।’–उनले भनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।