ताजा अपडेट »

तिलोत्तमा जेसीजद्वारा संसदीय प्रणाली सम्बन्धि तालिम सम्पन्न

मंगलबार, १९ साउन २०७८, २१ : ५६
2 Shares

बुटवल । तिलोत्तमा जेसीजले जेसिज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । जेसिजले साताव्यापी कार्यक्रम अन्तर्गत आज संसदीय प्रणाली सम्बन्धि तालिम सम्पन्न गरेको हो । जेसिजमा आबद्ध भएका सदस्यहरुको क्षमता अभिवृद्धि तथा संसदीय बैठक प्रणली सम्बन्धमा ज्ञान प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरेको तिलोत्तमा जेसिजका महासचिव बिनीत भट्टराईले जानकारी दिए ।

तिलोत्तमा जेसिजले गत साउन १६ गते शनिवारदेखि जेसिज सप्ताहा अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गरिएको तालिमको सहजीकरण जेसिज बर्ष २०२१ का अध्यक्ष बासुदेव शर्मा एवं निर्वतमान अध्यक्ष लोक प्रसाद भण्डारी (राजु) ले गरेका थिए । तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एव सिद्धार्थनगर जेसिजका पुर्व अध्यक्ष सिनेटर निरज नारायण श्रेष्ठले तालिममा सिकेको ज्ञानहरुलाई जेसिज अभियानका क्रममा अगाडी बढ्दै गर्दा व्यवहारीक रुपमा पनि लागु गर्न आग्रह गरे । सो अवसरमा बोल्दै तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष विनोद सुवेदीले जेसिज सप्ताह अन्तर्गत आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

तिलोत्तमा जेसिजका अध्यक्ष बासुदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक प्रथम पराजुलीले स्वागत गरेका थिए । जेसिजले साप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली तिलोत्तमा नगरपालीका वडा नम्बर १२ मा अवस्थित मैनादेवी अनाथ आश्रममा खाद्यन्न वितरण गर्ने कार्यक्रम रहेको जेसीस सप्ताह मुल संयोजक जेसी प्रकाश गौतमले बताए । तिलोत्तमा जेसिजले सप्ताह व्यापी कार्यक्रम अन्तर्गत साउन १६ गते शेयर बजार सम्बन्धी तालिम सम्पन्न गरेको थियो । यस्तै गरी हिजो सम्पन्न गरेको जेसिज अन्तर शाखा फुटसल प्रतियोगीतामा जेसिज भलवारीले उपाधी जितेको थियो ।

विभिन्न शाखाका ८ वटा जेसिजहरुको सहभागीता रहेको प्रतियोगीतामा जेसिज कपिलवस्तु प्रथम रनरअप भएको थियो । जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत तिलोत्तमा जेसिजले साताव्यापी रक्तदान कार्यक्रम पनि रहेको र रक्तदान कार्यमा इच्छुकलाई आगामी शनिबार सम्म रक्तदान गर्न क्लवका अध्यक्ष बासुदेव शर्माले अनुरोध गरेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।