ताजा अपडेट »

दक्षिण कोरियामा नयाँ भेरिएन्टका २ हजारभन्दा बढी संक्रमित

मंगलबार, १९ साउन २०७८, २१ : ४२

सोल । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ ।

यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ । यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।