११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

बुटवल । मनोरञ्जन तथा कलाकारिता क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुका लागि बुटवलमा २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । ‘ मेरो काम,मेरो अधिकार’ नारासहित बुटवलमा युवा महिलाहरु श्रमिकहरुका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको हो ।

महिलाका निम्ति महिला मञ्च नेपालको आयोजनामा सम्पन्न जिल्लास्तरी तालिममा रुपन्देहीका १७ जना महिलाहरुको सहभागिता रहेको थियो । सोमबार र मंगलबार आयोजित तालिममा आयोजक महिला मञ्चकी संयोजक पूजा चौधरी र पुनम पाल्पालीले प्रशिक्षण गराएका थिए । तालिममा महिलाहरुको सीप,लैङ्गिक हिंसा तथा भेद्भाव,आत्मििनर्भरता लगाएतका विषयमा प्रशिक्षण गरिएको तालिमकी प्रशिक्षक पूजा चौधरीले बताइन् । मंगलबार तालिमको समापन गर्दै प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रम महिलाका निम्ति महिला मञ्च नेपाल अन्तर्गतको पहिचान सञ्जालकी केन्द्रिय संयोजक विष्णु श्रीपालीको संयोजकत्वमा भएको थियो । सञ्जालले दोहोरी साँझ,डान्सबार , मसाज सेन्टर , खाजा घर,रेष्टूरेण्ट लगाएत मनोरञ्जन क्षेत्रका महिलाहरुको हकहित ,संरक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्ने श्रीपालीले बताइन् । सोही अवसरमा शकुन्तला गैरेको अध्यक्षतामा बुटवल सञ्जाल गठन गरिएको छ । जसको उपसंयोजकमा बबिता क्षेत्री,सचिवमा आरती रिजाल लगाएत ७ सदस्यीय कार्यसमिति रहेको छ ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी