ताजा अपडेट »

एमबीएस हटाउने निर्णयप्रति वाणिज्यका विद्यार्थी संगठन असन्तुष्ट, आन्दोलनका कार्यक्रम तय

मंगलबार, १९ साउन २०७८, १८ : २१
4 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयप्रति विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी संघर्ष समिति लुम्बिनी वाणिज्य क्याम्पसले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम तय गरेको जानकारी गराएको हो ।

समितिले आन्दोलनको सन्दर्भमा ईकाईले गरेको आन्दोलन अघि बढाउनका साथै जिल्ला र केन्द्रसँग समन्वय गर्दै अगाडी बढ्ने भएको छ । यस्तै क्याम्पससँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिर्या कार्यक्रम गर्ने र जिल्ला तहको नेतृत्वबाट सहजीकरण गर्ने भएको छ । यही २४ गते भित्र क्याम्पसले एमबीएस सूचारु गर्ने सूचना प्रकाशन नगरेमा क्याम्पस प्रमुख र व्यवस्थापन समिति अध्यक्षलाई २५ गतेदेखि अनिश्चितकालका लागि क्याम्पस प्रवेश गर्न नदिने समेत समितिले जनाएको छ ।

सो अवसरमा नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले व्यक्तिगत स्वार्थको लागि त्रिविका कुनैपनि विषय क्याम्पसबाट हट्न नदिने बताए । उनले क्याम्पसलाई स्वायत्त बनाउन खाका तयार पारेर विद्यार्थी संगठन तथा सरोकारवाला सँग छलफल गरेर मात्रै अगाडी बढाउनुपर्ने बताए । पौडेलले स्वायत्तको नाममा क्याम्पसले विद्यार्थीलाई महंगो शुल्क तिर्न बाध्य बनाउन खाजेको आरोप लगाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड हुन नदिने बताए ।

विद्यार्थीहरुले एमबीएस-एफले एमबीएसलाई प्रतिस्थापन गर्न नसक्ने भन्दै एमबीएसलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले यसअघि पनि पटकपटक तालाबन्दी गर्ने लगाएतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसका उपसभापति अशोक गौतम, ओमहरी आचार्य, विद्यार्थी नेताहरु सिद्धार्थ श्रेष्ठ, श्रीधर बस्याल अखिल क्रान्तिकारीका प्रशान्त बन्जाडे, अखिल छैठौंका अमृत पौडेल, अखिल क्रान्तिकारीका नयन अर्याल लगाएका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।