ताजा अपडेट »

काठमाडौं उपत्यकामा थप सात लम्बियो निषेधाज्ञा

मंगलबार, १९ साउन २०७८, १७ : १९

काठमाडौं । काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ। निषेधाज्ञा अनुगमनलाई कडा बनाउन तीन सीडीओले निर्देशन दिएका छन् । स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

कोरोना संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले पिसिआर तथा एन्टिजेन परीक्षणको लागि स्थानीय तह, जिल्ला अस्पतालहरूसँग सम्पर्क गरी निशुल्क रूपमा परीक्षण गराउन प्रशासनले भनेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।