ताजा अपडेट »

तिलाेत्तमाका १७ सहित रुपन्देहीमा थपिए ५४ संक्रमित

मंगलबार, १९ साउन २०७८, १७ : ००
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १९३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलाेत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १२, देबदह नगरपालिका र सैनामैना नगरपालिकामा ६/६ जना , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र शियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म जिल्लामा ५१६ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४२९ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।