ताजा अपडेट »

पत्रकारको पेशागत सुरक्षा र क्षमता विकासमा काम गर्न आग्रह

मंगलबार, १९ साउन २०७८, १४ : ४५
4 Shares

बुटवल । पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारहरुको क्षमता विकासका लागि काम गर्न पत्रकार महासंघ रुपन्देहीलाई सुझाब दिईएको छ। कोरोना महामारीको कारणले गर्दा पत्रकारहरुको पेशा धरापमञा परेको भन्दै सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रीत छलफलमा महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु, सल्लाहकार , निवर्तमान सल्लाहकार, तथा बिभिन्न राजनीतिक पत्रकार संगठनका अध्यक्ष एवं प्रतिनीधि सहितको छलफलमा बोल्ने बक्ताहरुले पत्रकारहरुको क्षमता विकास गर्दै पेशागत सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले पत्रकारहरुको अहिलेको अवस्था बुझ्नको लागि मिडिया हाउस अनुगमन, नियुक्ति पत्र पाए नपाएको जानकारी र बेतलबी राखेका पत्रकारको बारेमा खोज गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईंले पहिले गरेको पत्रकारिता र अहिलेको पत्रकारितामा धेरै अन्तर रहेकोले अब बिस्तारै डिजिटल माध्यमलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

उनले पत्रकारहरुले खोजमुलक र तथ्यपरक समाचारहरु लेख्नुपर्ने बताउँदै लेखेको समाचारको प्रभाव सम्बन्धीत पक्षसंग प्रत्यक्ष वा अप्रत्यक्ष पर्नुपर्नेमा जोड दिए । उनले रुपन्देहीमा पत्रकारिताको ईतिहास उत्खनन गरेर राख्न सुझाब समेत दिए । उनले अग्रज पत्रकारलाई सम्मान र मर्यादा दिनुपर्नेमा जोड दिए ।

यस्तै संघका पूर्व अध्यक्ष बिनोद पहाडीले पत्रकारहरुको क्षमता बिस्तार गर्नुपर्ने सुझाब दिँदै पत्रकार महासंघ रुपन्देहीले पत्रकारहरु बस्नको लागि आवास गृह र सुबिधा सम्पन्न लाईब्रेरी सहितको मल्टीप्रपोज भवन बनाउनुपर्ने सुझाब दिए । उनले लुम्बिनी प्रदेशको आर्थिक राजधानी रुपन्देही नै हुने बताउँदै उनले यहाँ आएर कुनै समाचारको विषयमा अध्ययन गर्नको लागि र बस्नको व्यवस्था हुने सहितको भवनको योजना बनाउन सुझाब दिए । साथै उनले पत्रकार महासंघ सबैको साझा संस्था भएकोले सबैलाई मिलाएर लैजानुपर्ने बताउँदै श्रमजीवीको संरक्षण र बौद्धिक विकासका कार्यलाई प्राथमिकता दिन आग्रह गरे ।

संस्थाका पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारहरुलाई अझै मर्यादीत बनाउनुपर्ने सुझाब दिए । उनले पत्रकारिता गर्दा हुनसक्ने भौतिक आक्रमणको अवस्था नआउने गरि काम गर्न सुझाब दिए । उनले पत्रकारहरु कोरोनाको महामारीमा फ्रन्टलाईनमा खटिएको बताउँदै अब तेस्रो लहरको लागि सुरक्षित हुनुपर्नेमा जोेड दिए ।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईंले पत्रकारहरुको स्थायीत्वको लागि र लोकतन्त्र रक्षाको लागि साना मिडिया जोगाउनुपर्ने बताउँछन् । उनले साना मिडियाले साना क्षेत्र र स्थानीय स्तरका आवाज उठानउको लागि साना लगानीका मिडिया जोगाउनुपर्नेमा जोड दिएका थिए । उनले पत्रकारको हकहितका कार्यक्रम, तालिम, पत्रकारीता गर्न चाहिने आधारभूत समग्री किन्न सहज हुने व्यवस्था गर्न सुझाब दिए ।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसिले प्रदेश सरकारले पत्रकारको लागि बजेट छुट्याएको बताउँदै पत्रकारहरु अझै मर्यदीत बन्नुपर्नेमा जोड दिए । पत्रकार महासंघका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले पत्रकार महासंघले पेशागत सुरक्षा गर्न महासंघले भूमिका खेल्नु पर्ने बताउँदै एजेन्टबाट आउने विज्ञापन कटौती गर्दै सिधा सम्पर्कबाट विज्ञापन दिलाउन पहल गर्नु पर्ने सुझाब दिए ।

कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार अर्जुन ज्ञवाली, माधव नेपाल, खिमानन्द भट्टराई, चेतन पन्त, दिनेश पाण्डे, प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष अमृत गिरी, प्रेस संगठन रुपन्देहीका संयोजक कमल रायमाझी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, प्रेस मञ्चका केन्द्रीय सचिव टोपराज शर्मा, सनु थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसि, सञ्चारिका समूह रुपन्देहीकि अध्यक्ष निरु गौतम, क्रियाशिल महिला पत्रकार संघ अध्यक्ष कल्पना तिवारी लगायतले बोल्दै पत्रकारहरुको पेशागत सुरक्षाका निम्ती काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृतता अनमोलको धन्यवाद र सचिव बिनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।