ताजा अपडेट »

गोरु काटेको अभियोगमा छ पक्राउ

मंगलबार, १९ साउन २०७८, १४ : ३१
4 Shares

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई   जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।