ताजा अपडेट »

तिलोत्तमा चेम्बरद्वारा आर्थिक अध्यादेशबारे छलफल

मंगलबार, १९ साउन २०७८, १२ : ५९
4 Shares

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शको आयोजना एवम् आन्तरिक राजश्व कार्यालय भैरहवाको सहजीकरणमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधान सम्बन्धी अन्तरक्रिया भएको छ ।

भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा आर्थिक अध्यादेश २०७८ ले दिएको कर छुट, मूल्य अभिवृद्धि ऐन तथा नियमावलीमा गरेको परिवर्तन, आयकर ऐन तथा नियमावलीमा गरेको परिवर्तन, अन्तशुल्क ऐन तथा नियमावलीमा गरेको परिवर्तन र छुट सुविधा सम्बन्धी कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले सबैमा कर छुट सुबिधा लिन र सुबिधा सम्बन्धी जानकारी गराउन अग्रह गरे । संघका अध्यक्ष बाबुलाल भुसालले समग्र रुपमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधानमा रहेका परिवर्तनहरुको छुट सुबिधा समयमा लिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा अन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्य एवम् कर अधिकृत यज्ञ ढकालले राजश्वका विभिन्न नीति नियमका बारेमा जानकारी गराए । छलफलमा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, सल्लाहकार, पुर्व कार्यसमिति सदस्य तथा पुर्व लेखा समिति, कर्मचारी, उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।