ताजा अपडेट »

हावाहुरीले मकैबाली नस्ट

मंगलबार, १९ साउन २०७८, १२ : १७
6 Shares

रुकुम पश्चिम । सोमबार राती परेको अविरल वर्षासङगैको हावाहुरीले रुकुम पश्चिमका विभिन्न ठाँउमा लगाएकाे मकैबाली नस्ट गरेको छ ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, बाफिकोट गाउपालिका, त्रिबेणि गाउपालिका लगायतका क्षेत्रमा लगाएकाे मकैबालिमा क्षति पुगेको हो । रुकुम पश्चिमका विभिन्न भाग गरि करिब ४ हेक्टर क्षेत्रमा लगाएकाे मकैबालिमा क्षति गरेको हो । मकैबालीमा क्षति भएपछि कृषकहरु चिन्तित बनेका छ्न ।

२/२ वर्ष कोरोना महामारीको चपेटामा परेका कृषकहरु अन्नबालिमा भएको क्षतिले निरास भएका छन् । सरकारले समयमै बाली बिमा नगरिदिदा आफुहरुले वर्षेनि क्षति ब्यहोर्न बाध्य भएको आठबिसकोट नगरपालिका १४ का कृषक दुर्गा बहादुर मल्लले बताउनुभयो । कोरोनाको त्रास र महामारीमा परेका यहाका अधिकाम्स कृषक कमाइकजाईका लागि भारततर्फ गैसकेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।