ताजा अपडेट »

सिद्धबाबामा पहिरोले गाडी च्यापिँदा घाइते एक जनाको मृत्यु (अपडेट)

सोमबार, १८ साउन २०७८, २२ : १९
2 Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरोले बोलेरो गाडी पुर्दा घाईते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ पहिरोले स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिकाका २२ वर्षीय आशिष खाँण ठकुरी रहेका छन् ।

घाईते अन्य २ जनाको भने अवस्था सामान्य रहेको छ । यस्तै, पहिरोले अवरुद्ध भएको बुटवल पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।