१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

साउन २३,
काठमाण्डौं । लगातार बढ्दै आएको सुनको मूल्य आज ७० हजार रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ६९ हजार ५ सय रहेको मूल्य बिहीबार बढेर ७० हजार पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य ७० हजार रुपैयाँ तोकिएको छ।

Advertisement

सुनको मूल्य पछिल्लो दुई दिनमै २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुनको कारोबार प्रतितोला ६८ हजार रुपैयाँमा भएको थियो। पछिल्लो समय सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। पछिल्लो एक सातामै प्रतितोला ४ हजार पाँच सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ। महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ। महासंघका अनुसार गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो। ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो।

त्यस्तै, सुनको भाउ बढ्नुको अर्को कारण हो-अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व। केही समयदेखि यी दुई शक्ति राष्ट्रबीच व्यापारमा एकअर्कामाथि भन्सार कर बढाउने प्रतिस्पर्धा भइरहेको छ। जसका कारण विश्वबजार नै प्रभावित भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ खर्ब डलर बराबरका चिनियाँ सामान आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएको हुनाले सुनको भाउ वृद्धि भएको महासंघको भनाइ छ। दुई देशबीच व्यापार युद्धलाई मत्थर पार्न विभिन्न चरणमा वार्ता पनि भइरहेका छन्। वार्ताबाट समस्या समाधान गर्ने प्रयास भइरहे पनि कुनै पनि निष्कर्ष नआएकाले लगानीकर्ता सुनमा आकर्षित भएका हुन्।

सुनले यसअघि बनाएको नयाँ रेडर्कलाई तोड्दै अघि बढेको छ। यसअघि सुन प्रतितोला ६९ हजार ५ सयमा पुगेर सर्वाधिक महँगोको नयाँ रेकर्ड बनाएको थियो। विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्न भएको तनावले पनि असर गरिरहेको छ। शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्ने गरेको छ। अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा सुन, तेलको मूल्यलाई थपघट गराउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु