ताजा अपडेट »

भारत र वेष्ट इन्डिज बीचको पहिलो एकदिवसिय खेल आज

विहीबार, २३ साउन २०७६, ११ : ५७
22 Shares

साउन २३,
नयाँ दिल्ली । भारत र वेष्ट इन्डिज विचको पहिलो एकदिवसिय खेल आज राति हुँदैछ । तीन वटा टी-२० सिरीजको उपाधि क्लिनस्विप गरेको भारतले एकदिवसिय खेलमा पनि आफुलाई बलियो स्थितीमा राखेको छ । पछिल्ला ५ वटा एकदिवसिय सिरीजमा भारतले चार वटामा जित हात पारेको छ भने एक सिरीज वेष्ट इन्डिजले जितेको छ ।

२०१७ मा वेष्ट इन्डिजले अन्तिम पटक भारत विरुद्ध सिरीज जितेको थियो । वेष्ट इन्डिजका जेसोन होल्डर टिममा फर्किएका छन । जसले गर्दा टिम टी २० को भन्दा बलियो देखिएको छ । यस्तै जोन काम्बेल, रोस्टोन चेज र किमो पउल पनि टिममा फर्किएका छन । एकदिवसिय खेलमा वेष्ट इन्डिजले पछिल्ला पाँच खेलमा चारमा हार र एकमात्र जितेको छ। भारतले तीन जित र दुई हार ब्यहोरेको छ । आजको खेलमा क्रिस गेल पनि टिममा फर्किएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।