ताजा अपडेट »

सिद्धबाबामा पहिरोले गाडी च्यापियो : एक जना गम्भीर घाइते, सडक अवरुद्ध

सोमबार, १८ साउन २०७८, २० : ०७
4 Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ । सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन् ।

घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले बताए । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी प्रमुख थापाले बताए ।

घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ । यस्तै, पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।