ताजा अपडेट »

‘सम्पर्कबिहीन’ भनिएकी बिमला एमालेमा फर्किइन्

सोमबार, १८ साउन २०७८, १६ : ४०
4 Shares

बुटवल । यहि १९ वैशाखमा माओवादी रोजेकी बिमला वली खत्री एमालेमै फर्किएको बताएकी छन्। दाङबाट पति उत्तरकुमार वलीको निधन पछि सांसद बनेकी खत्रीले माओवादी केन्द्र छाडी एमालेमा आएको विज्ञप्ती निकाल्दै जनाएकी हुन् । शुक्रबार बिहान देखी शनिबार दिउँसोसम्म सम्पर्कमा नरहेकी उनले आफु नेकपा एमालेमै रहेको र उपचारमा रहेकोले सम्पर्कमा नरहेको बताएकी हुन् ।

उनले सूर्य चिन्हबाट चुनाब जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पारेको विज्ञप्तीमा उल्लेख गरेकी छन्। माओवादी केन्द्रको समुहमा गनिएकी उनी एमालेमा फर्कदाँ एमालेको संख्या ३९ भएको छ । उनी एमालेमा फर्किएपनि लुम्बिनी प्रदेश सरकार अल्पमतमै छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।