ताजा अपडेट »

मेलम्ची सुरु भएपछि जति मन्त्री फेरिए, अब फेरिन्नः मन्त्री मगर

बुधबार, २२ साउन २०७६, १८ : १९
8 Shares

खानेपानी तथा सरसफाइ विधेयक बहुमतले पारित

साउन २२,
ग्लोबल आवाज

काठमाण्डौं । ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । खानेपानी मन्त्री विना मगरद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयक माथीको छलफलपछि हुन्न भन्ने एक जनापनि नभएको र हुन्छ भन्ने सांसदहरुको मतअनुसार सभामुख कृष्णबहादुर महराले विधेयक पारित भएको घोषणा गरेका हुन् ।


प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विधेयक माथी उठेका प्रश्नहरुको जबाफ दिने क्रममा मन्त्री मगरले आफ्नै पालामा मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । मेलम्ची सुरु भएदेखि अहिलेसम्म २४ पटक मन्त्री फेरिएपनि अब भने नफेरिने जिकीर गरिन् । ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औँ पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उनले भनिन्, ‘अब २५ औँ पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौँ ।’ ‘मेलम्चीको सन्दर्भमा अन्तरविरोध र अन्तरवस्तु धेरै रहेछ ।, तर त्यसलाई नजर अन्दाज गर्न सकिँदैन ।’–उनले अघि भनिन् अन्तर वस्तु र अन्तरविरोधलाई केलाएर हल गर्ने तयारीमा छौँ ।

‘काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन, त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्यो ।’ मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।