ताजा अपडेट »

संविधानको सही पालना गरौं : प्रदेश प्रमुुख शेरचन

सोमबार, १८ साउन २०७८, १३ : ४५
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनले तीन तहका सरकारले संविधानको सही पालना गर्नुपर्ने बताएका छन् । संविधानको सही पालना नगर्दा संवैधानिक संकट उत्पन्न हुने गरेको भन्दै प्रदेश प्रमुख शेरचनले संविधान कुल्चन खोज्नेहरु अन्ततः असफल हुने उल्लेख गरे ।

सोमबार नेकपा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बनेकोे पनि चर्चा गरे । ठूलो राजनीतिक त्याग र बलिदानले नयाँ संविधान निर्माण भएको भन्दै यसले गरेको परिकल्पना अनुसार राज्य संचालन गरिनुपर्ने धारणा राखे । लुम्बिनी प्रदेशलाई समृद्द प्रदेश बनाउन आफूले सक्दो भूमिका खेल्ने बताउँदै प्रदेश प्रमुखले विधि र प्रक्रिया अनुरुप प्रदेश सरकार चल्नुपर्ने औंल्याए ।

कार्यक्रममा मओवादी केन्द्रका नेताहरु हकिकुल्ला खाँ, दिपा बिक, निर्मल जीसी, रिज्जु श्रेष्ठ लगायतले शेरचनलाई खादा तथा सम्मानपत्रले सम्मान गरे । सहभागीहरुले शेरचनलाई बधाई ब्यक्त गरे । उक्त अवसरमा बोल्दै माओवादी केन्द्र रुपन्देहीका सचिव निर्मल जीसीले लुम्बिनी प्रदेश सरकार जनप्रतिनिधिको भावना अनुसार चल्न नसकेको उल्लेख गरे । विधि र प्रक्रिया मिचेर प्रदेश सरकार चल्न थालेको गुनासो जीसीले प्रदेश प्रमुखसामु राखे ।कार्यक्रमा लुम्बिनी प्रदेशका अगुवा पार्टी कार्यकताहरु सहभागि थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।