ताजा अपडेट »

घट्यो सुनको मूल्य, कति छ आज ?

सोमबार, १८ साउन २०७८, १२ : ३२

बुटवल। नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन यस दिन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन तेजाबी सुन भने ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।