१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि-२० वरियतामा ठूलो उपलब्धि हासिल गरेका छन् । नयाँ वरियतामा खड्काले विश्वका स्टार खेलाडीहरुलाई पछि पार्दै ठूलो छलाङ हान्न सफल भएका हुन् ।

आईसीसीद्वारा सार्वजनिक नयाँ वरियतामा अलराउन्डरतर्फ पारस १४ स्थान माथि चढ्दै २५ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३९औं स्थानमा थिए । एकैपटक १४ स्थान फड्को मार्दै उनले हालसम्मकै उच्च उपलब्धि हासिल गरेका छन् । नयाँ वरियताअनुसार पारसले विश्वका स्टार क्रिकेटरहरुलाई पछाडि पारेका छन् । उनी अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या र वेस्ट इन्डिजका आन्द्रे रसेललाई पनि पछि पार्न सफल भएका हुन् ।

कप्तान खड्काले ब्याटिङतर्फ पनि एकैपटक २७ स्थान फड्को हानेका छन् । यसअघि ब्याटिङमा ९३ औं स्थानमा रहेका खड्का नयाँ वरियताअनुसार ६६ औं स्थामा उक्लिएका हुन् । यो उपलब्धिले उनलाई ब्याटिङमा भारतीय विकेटकीपर महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तभन्दा अघि लगेको छ । अलराउण्डर तर्फ सोमपाल कामीको स्थान भने खस्किएको छ । उनी ४८औं स्थानबाट झरेर ६६ औं स्थानमा झरेका हुन् । त्यसैगरी, बलिङतर्फ बसन्त रेग्मी र सोमपाल दुवै खस्किएका छन् । उनीहरु ६७ औं र ६६औं स्थानबाट क्रमशः ७१औं र ७८औं स्थानमा पुगेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु