ताजा अपडेट »

अमेरिका बन्यो गोल्ड कप च्याम्पियन

सोमबार, १८ साउन २०७८, ११ : २५
6 Shares

काठमाडौँ । निक्कै प्रतिस्पर्धात्मक खेलमामेक्सिकोलाई अन्तिम समयमा स्तब्ध पार्दै संयुक्त राज्य अमेरिकाले कन्काकाफ गोल्ड कपको उपाधि जितेको छ ।

खेल टाइब्रेकरतर्फ अग्रसर खेलको अतिरिक्त समय सकिन मात्र ३ मिनेट समय बाँकी रहँदा अमेरिकाका माइल्स रबिन्सनले खेलको एकमात्र गोल गरेका थिए । 'सेट पिस'मा केलिन अकोस्टाले दिएको बललाई रबिन्सनले गोलमा परिणत गरेका थिए ।

खेलमा दुवै टोलीले राम्रा अवसरहरु सदुपयोग गर्न नसक्दा गोलको लागि अन्तिम समयसम्म कुर्न्नुपरेको थियो । अमेरिकाले १-० को जितसँगै सातौं पटक गोल्ड कप उपाधि जितेको हो ।

मेक्सिकोले आफ्नो बलियो टोली उतारेपनि उपाधि जित्न सकेन । अमेरिकाले यसअघि भएको नेसन्स लिगबाट मात्र एक खेलाडीलाई यस प्रतियोगितामा सहभागी गराएको थियो ।

युरोपमा खेल्ने अधिकांश खेलाडी क्लबमा गएपछि अमेरिकी टोलीमा युवा तथा दोस्रो रोजाइका खेलाडीहरुको वर्चश्व थियो। त्यसैले यो टोलीलाई केहि कमजोर आँकिएको थियो । तर त्यसका बाबजुद पनि अमेरिकाले एक महिनाको अन्तरमा दोस्रो उपाधि जित्न सफल भयो ।

सन् २००१७ यता पहिलो पटक गोल्ड कप उपाधि जितेको अमेरिकाले मेक्सिकोलाई नवौं उपाधिबाट जित्न दिएन।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।